कहिले सकिँदैछ सामालिङ पावर लक इन अवधि ?
काठमाडौं । सामालिङ पावर कम्पनीको संस्थापक, आयोजना प्रभावित र कर्मचारी होल्ड गरेको सेयरको लक इन अवधि एक महिनापछि सकिँदैछ ।
कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित बासिन्दा र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि आगामी कात्तिक १५ गते सकिने भएको हो ।
कम्पनीले सर्वसाधारणलाई २०७८ कात्तिक १६ गते सेयर बाँडफाँट गरेको थियो ।
कम्पनीको ३७ लाख ७० हजार कित्ता संस्थापक सेयर, आयोजना प्रभावित बासिन्दाको ५ लाख र कम्पनीका कर्मचारिको १४ हजार ६०० कित्ता सेयर लक इन रहेको छ ।