सिटिजन्स क्यापिटल र दाउन्ने एग्रो फार्मबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाडौं । दाउन्ने एग्रो फार्मबीच साधारण शेयर निष्काशन गर्ने भएको छ । दाउन्ने एग्रो फार्मले सेयर निष्काशन तथा बिक्री प्रबन्धकको लागी सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ ।
सम्झौतामा दाउन्ने एग्रो फार्मका तर्फबाट कार्यकारी निर्देशक बिनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दाउन्ने एग्रो फार्मको साधारण शेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
दाउन्ने एग्रो फार्म २०७४ सालमा स्थापना भएको नेपालकै सबैभन्दा ठुलो अण्डा उत्पादन गर्ने कम्पनीे हो ।
जसले जर्मनी र मलेसियाबाट आयात गरिएको पूर्ण स्वचालित वाताअनुकुलित प्रविधिको प्रयोग गरी कुल ४ लाख लेयर्स कुखुराबाट प्रति दिन १७०० कार्टुन “एन्टिबायोटिक फ्री” एवम् गुणस्तरीय अन्डा उत्पादन गरी देशको अधिकांश क्षेत्रमा बिक्री वितरण गर्दै आईरहेको छ ।
कम्पनीले फार्मको सम्पूर्ण गतिविधिहरुलाई अभिलेखीकरण गर्न जर्मनीमा विकसित गरिएको इआरपि सफ्टवेयर प्रयोगमा ल्याएको छ । जसबाट कम्पनीद्वारा उत्पादित अन्डाको प्रति इकाई लागत गणना, बिक्री व्यवस्थापन, मौज्दात व्यवस्थापन लगाएतका सम्पूर्ण गतिविधिहरुलाई निगरानी राख्ने गरिएको छ ।
उक्त फार्मले भविष्यमा कुल छ लाख कुखुराबाट प्रति दिन दुई हजार छ सय कार्टुन अन्डा उत्पादन गर्ने समेत लक्ष्य राखेको छ । दाउन्ने एग्रो फार्म विनयी त्रिवेणी गाँउपालिका वडा नं. ३, सर्दी, नवलपुर जिल्लामा अवस्थित छ ।
सो कम्पनीमा आध्यान्त फन्ड म्यानेजमेन्ट अन्र्तगतको नेपाल अपरच्युनिटी फन्ड–१ को समेत लगानी रहेको छ । सिटिजन्स क्यापिटलले कम्पनीलाई शेयर निष्काशन सम्बन्धी परामर्श र नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात प्रारम्भिक शेयर निष्काशनको निष्काशन प्रबन्ध गर्नेछ ।