आज सेयर कारोबार नहुने, बैंक तथा वित्तीय संस्था पनि बन्द
काठमाडौं । आज सेयर कारोबार बन्द हुने भएको छ । सरकारले आज अर्थात् कात्तिक २२ गते छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ।
बिदासँगै आज सेयर बजार पनि बन्द हुने भएको हो । यसका साथै आज सरकारी कायालय, बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द नै हुनेछन् ।
बैंक तथा वित्त संस्थाहरु भोलि अर्थात् शुक्रबार देखि नै नियमित रुपमा खुल्नेछन् । तर, सेयर बजार भने अब सिँधै आगामी आइतबार (कात्तिक २७ गते) खुल्नेछ ।