दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने ११ अर्ब नाघ्यो « Arthapath.com
२६ कार्तिक २०८१, सोमबार

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने ११ अर्ब नाघ्यो



काठमाडौं । सोमबार पनि सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । साताको दोस्रो कारोबार दिन बजार २२.१४ अंकले वृद्धि भएको हो ।

आइतबार एकैदिन ६२ अंकले बढेको थियो । आज बजार परिसूचक २ हजार ७६०.२१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन विकास बैंक समूह ५.९२ अंक, फाइनान्स ११.०१ अंक, जलविद्युत १.८२ र निर्जीवन बीमा समूह ३०.५७ अंकले घटेको छ । यी बाहेकका अन्य समूह भने हरियाली बनेका छन् । आज कारोबार रकम पनि बढोत्तरी देखिएको छ । आज ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन साहस उर्जाको सर्वाधिक ३८ करोड १७ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।

यस्तै, हिमालयन रिइन्स्योरेन्सको २६ करोड ५ लाख ३५ हजार, अरुण भ्याली हाइड्रोपावरको २५ करोड १० लाख ६९ हजार, सानिमा माइको २२ करोड ७६ लाख ७१ हजार, समृद्धि फाइनान्सको २१ करोड ७८ लाख ४९ हजार, सिंगटी हाइड्रो इनर्जीको २१ करोड ७५ लाख , एनएलजी इन्स्योरेन्सको २० करोड ४१ लाख २८ हजार र सानिमा जिआईसी इन्स्योरेन्सको पनि २० करोड २० लाख बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्