दुई कम्पनीको सेयर मूल्य समायोजन « Arthapath.com
१७ मंसिर २०८१, सोमबार

दुई कम्पनीको सेयर मूल्य समायोजन



काठमाडौं । दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल लघुवित्त र ङादी ग्रुप पावरको सेयर मूल्य समायोजन भएको हो ।

नेसनल लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । योसँगै कम्पनीको सेयर भाउ प्रतिकित्ता सेयर मूल्य १ हजार ३५५ रुपैयाँ ८० पैसा कायम भएको छ ।

अब मंगलबार सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ । सोमबार अन्तिम कारोबार मूल्य १ हजार ५४९ रुपैयाँलाई आधार मानेर समायोजन भएको हो ।

यस्तै, ङादी ग्रुपको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । योसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८९ रुपैयाँ कायम भएको छ । अब भोलि अर्थात् मंगलबार सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।


प्रतिक्रिया दिनुहोस्