सेयर बजारमा उछाल, कारोबार रकममा पनि सुधार « Arthapath.com
२२ पुष २०८१, सोमबार

सेयर बजारमा उछाल, कारोबार रकममा पनि सुधार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । सोमबार बजार ४९.१२ अंकले वृद्धि भएको छ ।

उक्त दिन बजार परिसूचक २ हजार ६४०.६८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आइतबर पनि बजार ५.३२ अंकले वृद्धि भएको थियो । सोमबार १३ वटै समूहहरु हरियाली बनेका छन् ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । आज ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर किनबेच भएको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक २९ करोड ९ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, आज सहास उर्जाको १३ करोड ६५ लाख, पिपुल्स हाइड्रोपावरको १३ करोड ५८ लाख, दोल्ती पावरको १२ करोड २ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको १० करोड ५३ लाख, , सामुदायिक लघुवित्तको १० करोड ४२ लाख र नेपाल हाइड्रोपावरको पनि १० करोड २५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्