सेयर बजारमा हरियाली, दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । यसदिन सेयर बजार मापन नेप्से परिसूचक १३.९० अंकले बढेर २६८०.५२ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर ३१७ कम्पनीको १ करोड ७३ हजार ८२२ कित्ता सेयर ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन १३ वटै सूचकमा हरियाली छाएको छ । होटल एण्ड पर्यटन क्षेत्रमा लगानीकर्ता आकर्षित देखिएका छन् । १५४ कम्पनीको मूल्य बढ्यो भने ९० कम्पनीको घट्यो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको मूल्य ९.९८ प्रतिशतले बढेको हो । त्यसैगरी, बोटलर्स नेपाल (बालाजु), सोल्टी होटल, ङादी ग्रुप पावर, इन्ग्वा हाइड्रोपावरको मूल्य पनि बढेका छन् ।
त्यस्तै, सिन्धु विकास बैंक, अपर हेवाखोला हाइड्रोपावर, अपार सोलु हाइड्रो, बाराही हाइड्रो लगायत कम्पनीको मूल्य घटेका छन् ।
कारोबार रकमको आधारमा भने एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि रह्यो । कम्पनीको ४२ करोड ७५ लाख रुपैयाँ माथिको कारोबार भयो ।
