सेयर बजारको गिरावट कायमै, कारोबार रकममा भने बढोत्तरी « Arthapath.com
३१ चैत्र २०८१, आईतवार

सेयर बजारको गिरावट कायमै, कारोबार रकममा भने बढोत्तरी



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार ८.९२ अंकले घटेको हो ।

गत बिहीबार पनि ८.६० अंक घटेको थियो । आइतार बजार परिसूचक २ हजार ६६१.७८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज होटेल तथा पर्यटन समूह १७.०९ अंक, लगानी समूह २.०१ अंक, निर्जीवन बीमा ३७.३७ अंक र म्युचुअल फन्ड ०.०५ अंक वृद्धि भएको छ। यी बाहेकका अन्य समूहहरु राताम्य बनेका छन् ।

आज कारोबार रकम भने केही बढेको छ । आज ६ अर्ब २३ करोड २७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

आज सीइडीबी होल्डिङको सर्वाधिक ४५ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४४ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, राधी विद्युतको ४३ करोड ८२ लाख, हिमालयन रिइन्स्योरेन्स ३९ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्