आर्थिक वर्षको अन्तिम दिन बढेर बन्द भयो सेयर बजार, ४ अर्ब ५६ करोडको सेयर किनबेच « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

आर्थिक वर्षको अन्तिम दिन बढेर बन्द भयो सेयर बजार, ४ अर्ब ५६ करोडको सेयर किनबेच



काठमाडौं। चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा सुधार देखिएको छ। आज लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से ७.५० अंकले बढेर २५ सय ९७ दशमलव ८० बिन्दुमा झरेको छ।

हिजो नेप्से परिसूचक १४ अंकले बढेर २५ सय ९० दशमलव २९ बिन्दुमा पुगेको थियो ।

नेप्से परिसूचकसँगै आज कारोबारमा पनि सुधार देखिएको छ। आज ३७१ वटा कम्पनीका ९४ लाख ६९ हजार ९९ कित्ता शेयर ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँमा किनबेच भएको छ ।

हिजो ३६२ वटा कम्पनीका ८४ लाख ६९ हजार ११० कित्ता शेयर ४ अर्ब १६ करोड ४३ लाख ३३ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यसदिन वाणिज्य बैंक, विकास बैंक, लगानी, जीवन बीमा, व्यापार र अन्य समुहको उपसूचक बढेकोमा म्युच्युअल फण्ड १.६६, माइक्रोफाइनान्स १.२३ र निर्जीवन बीमा समुहको उपसूचक १.११ प्रतिशत बढेको छ। भने बाँकी ४ समुहका उपसूचक घटेका छन् ।

आज १२१ कम्पनीको सेयर मूल्य बढेकोमा १५१ वटाको घटेको छ। यस्तै ३ वटा कम्पनीको सेयर मूल्यमा कुनै घटबढ भएको छैन।

आज एनआईबिएल ग्रोथ फण्ड १४.९६, फस्ट माइक्रोफाइनान्स लघुवित्त १४.६७, चिरख्वम खोला हाइड्रोपावरको सेयर मूल्य १४.३४ प्रतिशत, पियोर इनर्जीको सेयर मूल्य १३.९७ प्रतिशत र माईखोला हाइड्रोपावर १२.५२ प्रतिशतले बढेको छ।


प्रतिक्रिया दिनुहोस्