सरकारी सूचना प्रणाली ह्याक गर्ने तीन जना पक्राउ « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

सरकारी सूचना प्रणाली ह्याक गर्ने तीन जना पक्राउ



काठमाडौं । सरकारी सूचना प्रणाली ह्याक गर्ने तीन जना पक्राउ परेका छन् । सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने विवेक महर्जन र कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुई जना लाई पक्राउन गरिएको हो । प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ती दुई जनाको अनुसन्धान बाँकी नै रहेकाले नाम नखुलाइएको जनाएको छ ।

‘ह्याकर्स हन्ट अपरेसन’ सञ्चालन गरी विशिष्टीकृतरूपमा प्राविधिक विश्लेषण र अनुसन्धानमार्फत उनीहरुलाई पक्राउ गर्न सफल भएको ब्यूरोका प्रवक्ता प्रहरीले बताएको छ


प्रतिक्रिया दिनुहोस्