डिसहोममा रिचार्ज गर्नेलाई १० एमबीपिएस इण्टरनेट सित्तैमा
काठमाडौं । स्याटेलाइट टेलिभिजन सेवा प्रदायक डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट दिने भएको छ । कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ योजनालाई पुनःनिरन्तरता दिएको हो । गएको साउनदेखि रोकिएको यो योजना आजदेखि पुनःसञ्चालनमा ल्याइएको डिशहोमले जनाएको छ ।
यो योजना अन्तरगत डिशहोममा रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेटको इण्टरनेट निःशुल्क दिने भएको हो । योजनामा ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ (भ्याटसहित) मा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् ।
त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ (भ्याटसहित)मा डिशहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्न सक्नेछन् । डिशहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउने डिसहोमले जनाएको छ । हाल देशका मुख्य शहरहरूमा डिशहोमको फाइबर नेट सेवा पुगेको छ । यस्तो सुविधा डिसहोमको फायबर नेट पुगेका इलाकामा मात्र लागू हुने छ ।













