डिश होमद्वार शैक्षिक सामग्री हस्तान्तरण « Arthapath.com
४ बैशाख २०७९, आईतवार

डिश होमद्वार शैक्षिक सामग्री हस्तान्तरण



काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिश होम) ले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री वालकल्याण आधरभुत विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको छ । कम्पनीले बैशाख ३ गते एक कार्यक्रमका बीच विद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित को झोला वितरण गरेको हो ।

११० जना बिद्यार्थी रहेको विद्यालयका बिद्यार्थीहरुलाई डिश होमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले शैक्षिक सामग्री सहित को झोला वितरण गरेका हुन् ।

डिश होमको उक्त कार्येक्रममा नयन वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष टिकाराम सापकोटाले सहकारीको तर्फवाट वाटर डिस्पेन्सर, पानिको जार, डस्टविन, लगाएत अन्य सामाग्रीहरु बिद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारीलाइ हस्तान्तरण गरेका थिए ।

कार्येक्रममा विद्यालय व्यवीथापन समितिका अध्येक्ष्य विनोद नेपाली, डिसहोमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदी ,सेल्स अफिसर बिमल मान थापा, खेमराज देवकोटा, सहकारीका प्रतिनिधिहरु, विध्यलायाका शिक्षकहरु, अभिभावक र विद्यार्थीहरुको उपस्थित रहेको थियो। ।

प्रदिप सुबेदीले डिश होमले देशै भरि बिद्यार्थीहरुको उज्वल भविष्यको लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्