१ किलो सलह ल्याए बापत २० रुपैयाँ दिने ५ नं. प्रदेश सरकारको निर्णय « Arthapath.com
१३ असार २०७७, शनिबार

१ किलो सलह ल्याए बापत २० रुपैयाँ दिने ५ नं. प्रदेश सरकारको निर्णय



१ किलो सलह ल्याए बापत २० रुपैयाँ दिने ५ नं. प्रदेश सरकारको निर्णय
काठमाडौं । प्रदेश नं. ५को प्रदेश सरकारले १ केजी सलह मारेर ल्याउनेलाई २० रुपैयाँ नगद दिने घोषणा गरेको छ ।

प्रदेश सरकार भुमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयले एक केजी सलह मारेर ल्याउनेलाई स्थानिय वडा कार्यालयबाट नगद २० रुपैयाँ दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

नेपालका तराईका जिल्लामा भारतबाट सलह किरा प्रवेश गरेपछि प्रदेश सरकारले सो निर्णय गरेको हो । अहिले किसानहरु धान रोप्ने समयमा सलहले सताउने आसंकाले चिन्तीत बनेका छन ।
सलह किरा हावाको वाहाबमा जतासुकै जान सक्ने भएकाले प्रदेश सरकारले उच्च सर्तकर्ता अपनाउन किसानहरुलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्