महँगीयो हवाई भाडा, आन्तरिक उडानमा ६ प्रतिशतले बढ्यो भाडादर

काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सोमबारदेखि आर्थिक वर्ष २०८०/८१ सुरु हुनेभएको हो ।
योसंगै अब ह्वाई भाडा पनि बढ्ने भएको छ । सरकारले नयाँ आवदेखि लागू हुनेगरि ह्वाई टिकटमा १३ प्रतिशत भ्याट लगाउने भएको छ । सरकारले आव २०८०/८१ का लागि जारी गरेको आर्थिक विधेयकमा उल्लेख छ ।
सोही बमोजिम आज (साउन १ गतेदेखि) सोमबारबाट हवाई भाडा ६ प्रतिशतसम्म वृद्धि भएको छ । वायुसेवा संचालक संघका अनुसार हवाई भाडा बढाएको हो । आन्तरिक उडानमा भाडादर ६ प्रतिशतले बढेको हो ।