मूल्यमा एकरुपता ल्याउन होटल व्यवसायीहरु कसरी भए सहमत ? « Arthapath.com
११ आश्विन २०८१, शुक्रबार

मूल्यमा एकरुपता ल्याउन होटल व्यवसायीहरु कसरी भए सहमत ?



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७ असोजमा गरेको बजार अनुगमनका क्रममा काठ्माण्डौँ स्थीत १७ होटलमा छापा हान्दै १ होटललाई ३ लाख रुपयाँ जरिवाना तिराएको थियो ।

उक्त कारवाहिपछि होटल व्यवसायीहरुका संगठन र उद्योग वाणिज्य संघ लगायतको ध्यानाकर्षण भयो । संगठनहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कारवाहि विरुद्ध ज्ञापनपत्र समेत पेस गरे । बिहिबार भने व्यवसायीहरुको प्रतिनिधिमण्डल उद्योग मन्त्री दामोदर भण्डारीलाई भेट्न पुग्यो । उनीहरुको माग व्यापारीलाई कारवाहीबाट जोगाउन र जरिवाना गरिएको रकम फिर्ता गर्नुपर्ने सम्मको थियो ।

तर, उक्त प्रतिनिधिमण्डललाई मन्त्री भण्डारीले व्यापारिक क्षेत्रमा भैरहेको अनियमितता रोक्नमा साथ दिन आह्वान गरेपछि प्रतिनिधिमण्डल सहमत हुदैँ फिर्ता भएको थियो । मन्त्री भण्डारीले व्यवसायीका संगठनलाई बजार अनुगमनमा संगै हिड्न आग्रह गर्दै व्यवसायीले गल्ती नगरेमा बजार अनुगमन नै नगर्ने समेत बताए ।

उनले भने,‘हामी अहिले कोहि व्यवसायी, कोहि ग्राहक, कोहि सरकारका प्रतिनिधि, जेसुकै भएपनि सबभन्दा पहिला हामी सबै उपभोक्ता हौँ, स्वस्थकर खाद्य सामग्री हामिले उपयुक्त मुल्यमा पाउनुपर्छ । तर काठमाडौँका केहि रेस्टुरेण्टले असुल्दै आएको मुल्य अत्याधिक छ, त्यो गर्न पाइदैन् । २२ रुपयाँ पर्ने पानिको बोतल १ सय रुपैयाँमा बिक्रि गर्दा कारवाहि नगरेर के गर्ने ? होटलैपिच्छै फरकफरक मुल्यसूचि रहेकाछन्, यसमा एकरुपता ल्याउनुस्, गुणस्तरिय सामग्री उचित मुल्यमा उपलब्ध गराउनुस् हामी अनुमगन गर्न छाडिदिन्छौँ’ उनले थपे,‘अहिले राजमार्ग क्षेत्रका होटलहरुमा गुणस्तरहिन खाना खानुपर्छ, व्यवसायीको फाइदाको लागि उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्न पाइदैँन् उपभोक्ता ठग्ने बिषयमा सरकार मुखदर्शक बन्न सक्दैन् ।’

मन्त्री भण्डारीले व्यवसायीका संगठनहरुले उपभोक्ताको हितमा वकालत गर्न आग्रह गरेका छन् । उनले महंगी अनुसारको सुविधा होटलहरुले नदिएकोले सुधार गर्नुपर्ने बताए । होटलमा कामगर्ने कर्मचारीले समयमै उचित तलव नपाएको प्रयाप्त गुनासो आफुसंग आउने गरेको उनको भनाई छ ।

एकै स्तरका होटल तथा रेष्टुरेण्टमा मुल्यमा पनि एकरुपता हुनुपर्ने मन्त्री भण्डारीको भनाई छ । पाँच तारे होटलहरु, रेष्टुरेण्टहरु र खाजा घरहरुमा पाइने सामग्रीको स्तर हेरेर मात्रै मुल्य निर्धारण गर्नुपर्ने भण्डारीले बताए ।

यस बिषयमा व्यवसायीहरु सहमत भएका छन् । व्यवसायीक क्षेत्रका व्यक्तिहरु एकै बैठकमा बसेर मुल्य निर्धारण गर्न सहमत भएका हुन् । होटलको स्तर अनुसार मुल्य निर्धारण गर्ने र जसको जानकारी सरकारलाई गराउनमा व्यवसायी सहमत भएका हुन् । जसका लागि छिट्टै बैठक बोलाउने सहमती भएको छ । मन्त्री भण्डारीले एकै स्तरका होटलमा फरक–फरक मुल्यसूचि देखाउदैँ व्यवसायीलाई छलफलका लागि आह्वान गरेका थिए ।

व्यवसायीले गरिरहेको अनियमीतताबारे प्रयाप्त गुनासो आउने गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल बताउछन् ।

अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमनमा कडाई गर्नुका साथै कालोबजारी नियन्त्रण, कृतिम अभाव हटाई गुणस्तरहिन उपभोग्य बस्तुको आपूर्तिका लागि पहल गरेको छ । लामो दुरीको बसका यात्रुहरुलाई खाना खुवाउनका लागि राजमार्ग क्षेत्रमा सञ्चालीत होटलहरुमा अनुगमन कडाईगर्न मन्त्री भण्डारीले मातहतका निकायलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्