पर्यटन मन्त्रीको एक्सनपछि घट्न थाल्यो हवाई भाडा, २५ सयदेखि ५ हजार रुपैयाँसम्म सस्तियो « Arthapath.com
६ मंसिर २०८१, बिहीबार

पर्यटन मन्त्रीको एक्सनपछि घट्न थाल्यो हवाई भाडा, २५ सयदेखि ५ हजार रुपैयाँसम्म सस्तियो



काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय हवाई भाडादरमा छुट दिन थालेको छ । विभिन्न गन्तव्यमा २ हजार ५०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म छुट दिएको हो ।

निगतका अनुसार दिल्ली, मुम्वई र वैंगलोर सेक्टरको लागि बजार भाडादरमा २ हजार ५०० रुपैयाँसम्म छुट दिईने निगमले जनाएको छ । हवाई भाडा अत्याधिक बढेको भन्ने जनगुनासो बढेपछि समायोजन गरेको हो ।

यस्तै, दोहा, दुवई, दमाम, क्वालालम्पुर, हङकङ, वैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा भने ५ हजार रुपैयाँसम्म छुट दिईनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बिशेष निर्देशन बमोजिम निगमको अन्तर्राष्ट्रिय सेक्टरहरुको भाडा दरमा छुट दिईने निगमले जनाएको छ ।

छुट जहाजको सिट उपलव्धता अनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधार मा उपलब्ध गराइने छ र सो को लागि यात्रु स्वयं परिचय पत्र सहित उपस्थित हुनुपर्ने निगमले जनाएको छ ।

निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत २०२४ नोभेम्वर १ देखि २२ तारिख सम्मको अवधिमा सम्वद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस भनि डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको हवाई भाडादरमा ३७ जना अर्वुदरोग भएका विरामीलाई १०० छुट दिइएको छ ।

यस्तै, ३३ जना विरामीहरुका कुरुवाहरुलाई ५० प्रतिशत र २१ जना सरकारी कर्मचारीहरुलाई १५ प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको जनाएको छ ।

बजार माग तथा आपूर्तिको सिद्धान्त बमोजिम निगमको जहाज र सिट संख्याको उपलव्धताको आधारमा गत वर्षको सोहि अवधीको भाडादरको दायरा भित्र नै रहेको जनाएको छ ।

निगमले नियमानुसार उपलव्ध गराएको दरभन्दा वढि मुनाफा लिएर कालोबजारी गरेको पाईएमा नियमानुसार कडा कारवाही गर्नको लागि सप्रमाण जानकारी गराउन समेत आग्रह गरको छ ।


प्रतिक्रिया दिनुहोस्