अजरबैजानपछि अब दक्षिण कोरियामा विमान दुर्घटना, २१७ जनाले ज्यान गुमाए
काठमाडौँ । पछिल्लो चार दिनको अन्तरालमा दुई विमान दुर्घटना भएको छ । यी दुर्घटनामा कुल २१७ जनाले ज्यान गुमाएका छन् ।
दक्षिण कोरियामा आइतबार विहानै विमान दुर्घटना भएको थियो । थाईल्यान्डको ब्याङ्ककबाट उडेको विमानमा चालकदलका सदस्यहरूसहित १८१ जना रहेकामा १७९ जनाको निधन भएको पुष्टि भएको छ। चालकदलका दुई सदस्यलाई विमानको भग्नावशेषबाट उद्धार गरिएको थियो।
जेजु एअरको बोइङ ७३७ विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए। सो विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र अवतरणको क्रममा उक्त दुर्घटना भएको हो ।
राजधानी सोलबाट करिब २८८ किलोमिटर दक्षिणमा पर्ने मुआन शहरमा अवस्थित अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएको थियो। नेशनल फायर एजेन्सीले मृतक मध्ये ४६ जना महिला र ३९ जना पुरुषहरू रहेको जनाएको छ।
दक्षिण कोरियाको अग्नि नियन्त्रण निकायका अधिकारीहरूले अधिकांश यात्रुले ज्यान गुमाएको हुनसक्ने बताएका छन्। हालसम्म केही व्यक्तिको जीवितै उद्धार गरिएको र उद्धार प्रयासहरू जारी रहेको एक जना अग्नि नियन्त्रकलाई उद्धृत गर्दै रोएटर्स समाचार संस्थाले लेखेको छ ।
विमानको पछिल्लो (पछाडीको) भागबाट मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ । विमानको पछिल्लो भाग सग्लो छ भने अरू भाग चिन्न नसकिने अवस्थामा पुगेको छ। दुर्घटना पश्चात् उक्त विमानस्थलले सबै उडानहरू बन्द गरेको छ।
कोरियाको अग्नि नियन्त्रण निकायका अनुसार ८० जना अग्नि नियन्त्रक र ३० भन्दा बढी दमकल घटनास्थलमा खटिएका छन्।
जेजु एअरको इतिहासमा यो पहिलो दुर्घटना हो। सन् २००५ मा स्थापित जेजु एअर दक्षिण कोरियाकै सर्वाधिक ठूलो मध्येको कम बजेटमा उडान सेवा प्रदान गर्ने वायुसेवा हो। सो दुर्घटनापछि जेजु एअरले माफी मागेको छ।
यसको चार दिन अघिमात्रै गत बुधबार अजरबैजान एअरलाइन्सको विमान काजाकस्तानमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो।
उक्त जहाज काजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको थियो। जहाजमा ६२ जना यात्रु र ५ जना चालकदलका सदस्य थिए । एम्ब्राएर १९० विमानका पाइलटहरूले विमानमा सवार २९ जनाको जीवन बचाउन सफल भए पनि उनीहरू स्वयंले भने ज्यान गुमाएका थिए ।
अजरबैजान एअरलाइन्सको उडान नम्बर ‘जे २–८२४३’ को जहाज अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको थियो। चेचन्यामा अवतरणको प्रयास गर्ने क्रममा उक्त विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीबाट प्रहार भएको ठानिएको छ।
डिसेम्बरका २५ का दिन बुधवार भएको उक्त दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो।
किर्बीले त्यसबारे थप व्याख्या गरेनन्। तर पत्रकारहरूसँग बोल्ने क्रममा उनले दुर्घटनाको अनुसन्धानका लागि अमेरिकाले सहायता गर्ने प्रस्ताव गरेको बताए।
चेचन्यामा अवतरणको प्रयास गर्ने क्रममा उक्त विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीबाट प्रहार भएको ठानिएको छ।