निजगढ विमानस्थलको निर्माण त्यत्तिकै अल्झियोः मन्त्री पाण्डे « Arthapath.com
१६ पुष २०८१, मंगलवार

निजगढ विमानस्थलको निर्माण त्यत्तिकै अल्झियोः मन्त्री पाण्डे



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने कानुन निर्माण भए पछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो हुने बताएका छन् ।

मंगलबार क्यानको २६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले मन्त्रिपरिषदबाट स्वीकृत भएको विधेयकलाई संसदबाट कानुनको रुपमा निर्माण गरे पछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो हुने बताए ।

विधेयकमाथि छलफल हुँदा क्यान कर्मचारीका कुरा समेत समबेश गरिने उनको भनाइ थियो । नयाँ कानुन निर्माण भएपछि अन्तर्राष्ट्रिय रूपमा उठ्ने गरेका प्रश्न पनि सम्बोधन हुने मन्त्रीले बताए ।

कानुन निर्माण गर्दा कुनै कुरामा शङ्का नगर्न आग्रह गर्दै यो कानुन निर्माण भएपछि प्राधिकरण झनै विश्वसनीय हुने उनको तर्क थियो । निजगढ विमानस्थाल निर्माण नेपालको सपना भएको बताउँदै उनले भने, ‘तर त्यो निर्माणको विषय त्यतिकै अल्झिरहेको छ ।’


प्रतिक्रिया दिनुहोस्