पिपलटारमा खेलकुद तथा पर्यटन महोत्सव हुँदै, २ करोडको कारोबार हुने अनुमान « Arthapath.com
६ माघ २०८१, आईतवार

पिपलटारमा खेलकुद तथा पर्यटन महोत्सव हुँदै, २ करोडको कारोबार हुने अनुमान




बिदुर । नुवाकोटको पिपलटारमा खेलकुद तथा पर्यटन महोत्सव हुने भएको छ । पिपलटार फुटबल क्लवको आयोजना तथा जालपा मिडिया सर्भिस र एभरेष्ट ईभेन्ट म्यानेजमेन्टको व्यवस् महोत्सव हुन लागेको हो ।

आयोजना आगामी माघ २७ गते देखि फागुन ७ गतेसम्म हुने भएको छ । बिदुर नगरपालिका वडा नम्वर ५ को पिपलटारमा प्रथम बिदुर खेलकुद तथा पर्यटन महोत्सव आयोजना हुने क्ल्बले जनाएको छ ।

महोत्सवका लागि वडा अध्यक्ष लिलानाथ न्यौपानेको संयोजकत्वमा एकसय ५० सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।

महोत्सवमा प्रतियोगितात्मक खेल गतिबिधिहरु, प्रतियोगितात्मक लोक नृत्य, स्थानीय उत्पादनहरुको प्रदर्शनी, लोपोन्मुख रीतिरिवाज र संस्कृति झल्कने झाँकीहरुको प्रदर्शनी हुनेछ ।

यसका साथै चर्चित कलाकारहरुको सांगितिक प्रस्तुति पनि रहनेछन् । यस्तै, मनोरञ्जनात्मक खेल मेलाहरु समेटिएको आयोजक क्लवका अध्यक्ष उद्धब पनेरुले जानकारी दिए ।

११ दिनसम्म चल्ने महोत्सव करिब ७० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव अवधिभर दुईकरोड भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको समेत क्लवले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्