पर्यटनमन्त्री पाण्डे र चिनियाँ मन्त्री पेन यूबीच भेटवार्ता, चीनबाट धेरै पर्यटकको आगमन हुने विश्वास « Arthapath.com
१२ फाल्गुन २०८१, सोमबार

पर्यटनमन्त्री पाण्डे र चिनियाँ मन्त्री पेन यूबीच भेटवार्ता, चीनबाट धेरै पर्यटकको आगमन हुने विश्वास



काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने बताएका छन् । उनले नेपाल–चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुने विश्वास व्यक्त बताएका हुन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जातीय मामिलामन्त्री पेन यू नेतृत्वको प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवमा उनले यस्तो बताएका हुन् ।

चिनियाँ टोलीलाई स्वागत गर्दै मन्त्री पाण्डेले सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धले यस वर्ष ७० औँ वर्ष पूरा गर्न लागेकोमा प्रति खुसी व्यक्त गरे ।

मन्त्री पाण्डेले नेपाल एक चीन नीति प्रति प्रतिवद्ध रहेको र आगामी दिनहरूमा चीनबाट अझ धेरै पर्यटकको आगमनले नेपाल चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुनेमा पनि आफू आशावादी भएको बताए ।

नेपाल एयरलाइन्सले गोन्जाव र नेपाल सिधा उडानका लागि प्रयास गरिरहेको र हिमालय एयरलाइन्सले पोखरादेखि ल्हासासम्मको उडान गर्ने तयारी गरीरहेको बताए ।

उनले नेपालको भाषा,संस्कृति,कलाका बारेमा अध्ययन गर्नका लागि समेत चिनियाँहरुलाई आव्हान समेत गरे ।

त्यसैगरी भेटको अवसरमा चिनियाँ मन्त्री पेन यूले यस अघिका दुई देशका राष्ट्राध्यक्षबीच भएको सम्झौतालाई कार्यान्वयन गर्दै जानु पर्नेमा जोड दिए । उनले भने,‘चिनियाँ कम्युनिष्ट पार्टीले नयाँ पार्टीले ल्याएका विचारधारा र परम्परागत विचारधारालाई एक अर्कामा आदानप्रदान र शान्तिपूर्ण विकासतर्फ लागिरहेको छ ।’

नेपाल गौतम बुद्धको जन्मस्थल भएको उल्लेख गर्दै उहाँले चीनमा १० करोड बढी बुद्ध धर्म मान्नेरहेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्