नेपाल-भारत सचिवस्तरीय बैठक बस्दै « Arthapath.com
१ भाद्र २०७७, सोमबार

नेपाल-भारत सचिवस्तरीय बैठक बस्दै



काठमाडौं । नृपालमा सञ्चालीत रहेका भारतीय परियोजनाहरु कर्यान्वका विषयमा अनुगमन गर्न बनाईएको नेपाल–भारतका सचिवस्तरीय संयन्त्रको बैठक सोमबार बस्दै छ ।

सोमबार बस्ने बैठकमा नेपालका तर्फबाट नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गर्ने भर्एका छन् । महामारीको कारण बैठक भर्चुअल्ली हुन लागेको परराष्ट्रका एक अधिकारीले अर्थपथलाई बताए ।

भारतीय सहयोगमा सञ्चालन हुने परियोजना कार्यान्वयन समयमा नहुने समस्यालाई समाधान गर्ने उद्देश्यले संयन्त्र गठन गरिएको हो । आजको बैठकले सीमा विवादपछि दुई देशबीच देखिएको गतिरोध अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

सीमाको विषयमा नेपालभारतबीच तनाव बढेपछि दुवै देशबीच पहिलो पटक उच्च स्तरीय बैठक बस्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्