सिंगापुरको ५ अर्ब ८० करोड अमेरिकी डलरको राहात प्याकेज « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

सिंगापुरको ५ अर्ब ८० करोड अमेरिकी डलरको राहात प्याकेज



काठमाडौं । सिंगापुरले कारोना भाइरसका कारण ह्रास भएको अर्थतन्त्रमा सुधार ल्याउनका ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहात प्याकेजको घोषणा गरेको छ ।

कोरोनाले गर्दा सिंगापुरमा ह्रास भएको अर्थतन्त्र सुधार गर्नको लागि सिंगापुरका प्रधानमन्त्रीले उक्त प्याकेज घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

सिंगापुरका उपप्रधानमन्त्री तथा अर्थमन्त्री हङ स्वी कायतले यो आर्थिक प्याकेजले यहाँका कम्पनीहरुलाई आफ्ना आर्थिक क्रियाकलापकहरु गर्न तथा रोजगारमा असर परेका नागरिकलाई पुनः काममा बोलाउन पनि सहयोग पुग्न सक्ने अपेक्षा गरिएको बताए ।

पछिल्लो समय २.९ प्रतिशतमा बेरोजगार दर पुगेको छ । यो दर यसै वर्षको जनवरी देखि मार्चसम्मको भन्दा धेरै हो । त्यस अवधिमा यहाँको बेरोजगार दर २।४ प्रतिशत मात्र थियो ।


प्रतिक्रिया दिनुहोस्