विश्व स्वास्थ्य संगठनले भन्यो कोरोना नियन्त्रण हुन २ बर्ष लाग्ने
काठमाडौं । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणमा आउन करिव २ बर्ष लाग्ने विश्व स्वास्थ्य संगठनले बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एडनोम गेब्रियससले दुई बषभित्रमा कोरोना भाईरस नियन्त्रणमा आउने बताएका हुन् ।
उनका अनुसार सन् १९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना भाइरस नियन्त्रणमा छिटो हुने उनले बताए ।
स्पेनिस फ्लू सन् १९१८ को फरवरीबाट सन् १९२० को अप्रिलसम्म विश्वभर फैलिएको थियो । यस महामारीबाट विश्वभर करिब दुई करोड मानिसको मृत्यु भएको थियो । अहिले कोरोना संक्रमणबाट करिब आठ लाख मानिसको मृत्यु भइसकेको छ भने २२ मिलियनभन्दा बढी संक्रमित छन्।
















