महात्मा गान्धीको चस्मा चार करोडमा बिक्री « Arthapath.com
७ भाद्र २०७७, आईतवार

महात्मा गान्धीको चस्मा चार करोडमा बिक्री



काठमाडौं । महात्मा गान्धीको चस्मा चार करोड आठ लाख रुपैयाँमा बिक्री भएको छ ।

बेलायतको ईस्ट ब्रिस्टल अक्सन हाउसले गान्धीको चस्मालाई बिक्रीमा राखेको थियो । अक्सन हाउसका अनुसार बेलायतका एक नागरिकले चस्मा दिएका थिए । गान्धीबाट चस्मा पाउने व्यक्तिका भतिजले लिलामीका लागि अक्सन हाउसलाई चस्मा दिएका थिए ।

सन् १९२० देखि १९३० को अवधिमा दक्षिण अफ्रिकाका नागरिकलाई दिएका थिए । ति व्यक्ति दक्षिण अफ्रिकामा रहेको बेलायती पेट्रोलियम कम्पनीमा काम गर्थे ।

यो चस्माको साढे दुई लाख रुपैयाँमा लिलामीमा राखेका थिए । तर, यो चार करोड आठ लाख रुपैयाँमा लिलाम भएको छ ।


प्रतिक्रिया दिनुहोस्