स्वास्थ्यमा समस्या आएपछि जापानी प्रधानमन्त्रीले राजीनामा दिँदै « Arthapath.com
१२ भाद्र २०७७, शुक्रबार

स्वास्थ्यमा समस्या आएपछि जापानी प्रधानमन्त्रीले राजीनामा दिँदै



काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा दिने भएका छन् । आफ्नो स्वास्थ्यका कारण सरकारलाई अफ्ठेरोमा नपार्ने भन्दै आवेले राजीनामा दिन लागेको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री आवे लामो समयदेखि ‘अल्सरेटिभ कोलाइटिस्’बाट पीडित थिए। ६५ वर्षीय आवे बढी समयसम्म प्रधानमन्त्रीको पदमा रहने संसारकै पहिलो व्यक्ति पनि हुन्। उनको कार्यकाल २०२१ को सेप्टेम्बरमा सकिने थियो ।

हालै मात्र आबे दुईपटक अस्पताल भर्ना भएका थिए। उनलाई जीर्ण रोग अल्सरेटिभ कोलाइटिस लागेको जनाइएको छ। उनको रोग पेट, आन्द्रा र पाचन प्रणालीसँग सम्बन्धित छ।


प्रतिक्रिया दिनुहोस्