इजरायलसँग युएईको सम्बन्ध टर्यो, पहिलो पटक ट्रम्पका ज्वाइँ जारेडको उडान « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

इजरायलसँग युएईको सम्बन्ध टर्यो, पहिलो पटक ट्रम्पका ज्वाइँ जारेडको उडान



कामठाडौं । इजरायल र संयुक्त अरब ईमिरेट्स (युएई) बीच सिधा हवाई उडानको औपचारिक रुपमा शुरुवात भएको छ । इजरायल र युएईको विच तनाबको अवस्था रहेको भएपनि अव त्यसको अन्य भएको हो ।

इजरायलको बेन गुरिओन बिमानस्थलबाट इजरायली र अमेरिकी उच्च पदाधिकारी लिएर इजरायली ध्वजाबाहक अल–एल बिमान सोमबार युएईको अबुधाबीका लागि प्रस्थान गरेको छ ।

अमेरिकी प्रशासनको पहलमा इजरायल र युएईबीच यही अगष्टको शुरुमा कुटनीतिक सम्बन्ध स्थापना गरिएसँगै दुबै देशबीच सम्बन्ध सामान्यीकरणका लागि विभिन्न क्षेत्रमा नयाँनयाँ योजना अघि सारिएका छन् ।

इजरायलसँग कुटनीतिक सम्बन्ध राख्ने युएई तेस्रो अरब राष्ट्र हो । यसअघि इजरायलसँग इजिप्ट र जोर्डनले कुटनीतिक सम्बन्ध राखेका थिए । युएईसँग इजरायलको आजसम्म युद्ध भएको छैन ।

अबुधाबीतर्फ प्रस्थान गरेको बिमानमा सवार अमेरिकी प्रतिनिधिमण्डलमा राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ट सल्लाहकार एवं ज्वाइँ जारेड कुश्नर, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ–ब्रायन, मध्यपूर्वका लागि अमेरिकी विशेषदूत अभि बर्कोविज र इरानका लागि अमेरिकी विशेषदूत ब्रायन हुक रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्