भारतको सर्वाेच्च अदालतद्वारा वरिष्ठ अधिवक्ता भुषणलाई १ रुपैयाँ जरिवाना

काठमाडौं । भारतको सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता प्रशान्त भुषणलाई रु १ जरिवाना तोकेको छ । उनले अदालतको अवहेलना गरेको आरोपको मुद्दामा यस्तो फैसला सुनाएको हो ।
अदालतले गरेको फैसला बमोजिम रु १ जरिवाना नतिरे भुषण तीन महिला जेल र तीन वर्ष वकालतमा प्रतिबन्धको सामना गर्नुपर्ने छ । त्यसकारण उनका वकिलहरुले तत्काल जरिवाना तिरिदिएका थिए ।
फैसलालाई आफूले स्वीकार गर्ने भन्दै प्रशान्त भुषणले आफ्ना वकिल राजीव धवनले रु १ जरिवाना तिरिदिएको जानकारी दिए ।
यसअघि भुषणले २९ र २९ जुनमा गरेको ट्वीटमा उनलाई १४ अगष्टमा दोषी ठहराएको थियो ।