रिभर फल्स पावरको आईपीओ बाँडफाँट सम्पन्न, कतिले कति कित्ता पाए, यसरी हेर्न सकिन्छ रिजल्ट « Arthapath.com
२० बैशाख २०७९, मंगलवार

रिभर फल्स पावरको आईपीओ बाँडफाँट सम्पन्न, कतिले कति कित्ता पाए, यसरी हेर्न सकिन्छ रिजल्ट



काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयहरुलाई निष्काशन तथा बिक्री खुला गरिएको आईपीओ बैशाख १९ गते बाँडफाँट सम्पन्न गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । रिभर फल्स पावर लिमिटेडले आफ्नो आयोजनाका प्रभावित संखुवासभाका स्थानीय जिल्लावासीलाई आईपीओ जारी गरेको थियो ।

कम्पनीको आईपीओमा ७ हजार ६०३ जना आवेदकले १३ लाख ८१ हजार ९ सय कित्ताको लागि अहावेदन दिएका थिए । जसमा १८ जना आवेदकको ४४० कित्ता विभिन्न कारण रद्द भएको थियो । बाँकी ७ हजार ५८५ जना आवेदकले १३ लाख ८१ हजार ४६० कित्ता आवेदन मात्रै सदर अर्थात् भेरिफाइ भएको छ । जसमा १० कित्ता माग गर्ने २२७ जना, २० कित्ता माग गर्ने २७८ जना, ३० कित्ता माग गर्ने १५७ जना, ४० कित्ता माग गर्ने १२७ जना, ५० कित्ता माग गर्ने १ हजार ६९४ जना, ६० कित्ता माग गर्ने ७८ जना, ७० कित्ता माग गर्ने ६९ जना, ८० कित्ता माग गर्ने ४५ जना, ९० कित्ता माग गर्ने ३१ जना, १ सय कित्ता माग गर्ने २ हजार ४९२ जना, ११० कित्ता माग गर्ने २० जना, १२० कित्ता माग गर्ने २५ जना, १३० कित्ता माग गर्ने १२ जना माग बमोजिम १३० कित्ता तथा १३० कित्ता भन्दा बढी माग गर्ने २ हजार ३३० जनालाई समेत १३० कित्ता न्यूनतम बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ । त्यस्तै, १३० कित्ता भन्दा बढि कित्ता आवेदन दिने २ हजार ३३० जना आवेदकमध्ये चिठ्ठा प्रणालीबाट २ हजार २९२ जनालाई १० कित्ता थप गरेर १४० कित्ता शेयर बाँडफाँट गरिएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिट लिमिटेड रहेको छ । कम्पनीले चैत्र २७ गतेदेखि बैशाख ११ गतेसम्म संखुवासभा जिल्लाका स्थानीयलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले ७ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीको आईपीओमा माग भन्दा १.९७ गुणा बढी आवेदन परेको थियो ।

कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भइसकेपछि रिजल्ट अर्थात् नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com बाट हेर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्