हिमालयन हाइड्रोपावरको १५औं वार्षिक साधारण सभा कहिले ? « Arthapath.com
३ चैत्र २०७९, शुक्रबार

हिमालयन हाइड्रोपावरको १५औं वार्षिक साधारण सभा कहिले ?



काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारण सभा चैत २४ गतेका लागि बोलाएको छ । सभा कास्की जिल्ला, पोखरा महानगरपालिकामा बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक निर्वाचन पनि गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने भएको हुदाँ चैत १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्