नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको बैठक सम्पन्न « Arthapath.com
६ माघ २०७७, मंगलवार

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको बैठक सम्पन्न



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी समितिको दोस्रो बैठक सम्पन्न भएको छ । अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा माघ २ गते हेटौंडामा बैठक सम्पन्न भयको हो ।

बैठकले महासंघको बागमती प्रदेश सचिवालय हाललाई केही समय मकवानपुर उद्योग वाणिज्य संघको सचिवालयमा राख्ने । सचिवालय व्यवस्थापनको लागि नेउवामहासंघ बागमती प्रदेशका कार्यकारिणी समिति सदस्य जीवनकाजी माकजु श्रेष्ठलाई जिम्मेवारी दिने,अध्यक्षबाट विधानत मनोनयन हुने कार्यकारिणी समितिमा विभिन्न व्यक्तिहरुलाई सदस्य पदमा मनोनयन गर्ने जस्ता निर्णयहरु गरेको छ ।

बागमती प्रदेशभित्र उद्योग व्यवसायको विस्तार, व्यवसायिक हक हित संरक्षण तथा व्यवसायिक क्रियाकलापको प्रवद्र्धन लगायतमा आवश्यक कार्यका लागि प्रदेश च्याप्टरलाई सकृय रुपमा अगाडी बढाउने सम्बन्धमा आवश्यक छलफल हुंदा नवगठित समितिबाट सुझाव प्राप्त भएपछि सोहि अनुसार अगाडी बढने ।

बागमती प्रदेश सचिवालय निर्माण सम्बन्धमा हेटौंडा उपमहानगरपालिकाका मेयरसंग भएको भेटवार्तामा मेयरबाट कम्तिमा २ कट्ठा जग्गा व्यवस्था गरिदिने आश्वासन पाएकाले भवन निर्माण कार्यलाई अगाडी बढाउने जस्ता भावी योजनाहरु रहेका छन ।


प्रतिक्रिया दिनुहोस्