पोखरामा नेपालकै दोस्रो ठुलो डिजेल भण्डारण गृह निर्माण, मन्त्री रिजालले गरे उद्घाटन « Arthapath.com
१ श्रावण २०८०, सोमबार

पोखरामा नेपालकै दोस्रो ठुलो डिजेल भण्डारण गृह निर्माण, मन्त्री रिजालले गरे उद्घाटन



पोखरा । नेपाल आयल निगमले १० हजार किलो लिटर डिजलको भण्डारण गृह निर्माण सम्पन्न भएको छ ।

सोमबार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गण्डकी प्रादेशिक कार्यालय पोखरामा पेट्रोलियम पदार्थको भण्डारण वृद्धि परियोजना अन्तर्गतको भण्डारण गृह तथा अग्नी सुरक्षा संयन्त्र निर्माणको समुद्घाटन गरेका छन् ।

समुद्घाटन गरिएको डिजलको भण्डारण गृह नेपालको नै दोस्रो ठूलो भण्डारण गृह भएको छ । उक्त भण्डारण वि.स २०५८ सालदेखि निर्माण कार्य सुरु भएको हो । सो भण्डारण निगमको आफ्नै लगानीमा निर्माण भएको हो । जसको सोमबारदेखि औपचारिक सुरुवात भएको छ ।

गण्डकी प्रदेशको कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० गगनगौंडामा रहेको छ । उक्त डिपोको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुंगा साबित हुने निगमको विश्वास रहेको छ ।


प्रतिक्रिया दिनुहोस्