सातौँ संस्करणको ‘चेम्बर एक्स्पो’ सुरु: रैथाने खाद्यान्न बिक्रीदेखि घर जग्गासम्मका १६० स्टल एउटै छानामुनि « Arthapath.com
२४ फाल्गुन २०८०, बिहीबार

सातौँ संस्करणको ‘चेम्बर एक्स्पो’ सुरु: रैथाने खाद्यान्न बिक्रीदेखि घर जग्गासम्मका १६० स्टल एउटै छानामुनि



काठमाडौं । संघीय राजधानी काठमाडौंको भृकुटीमण्डमा बिहीबारदेखि चेम्बर एक्स्पो २०२४ सुरु भएको छ ।

स्थानीय उत्पादन प्रवद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल चेम्बर अफ कमर्सको आयोजनामा उक्त एक्स्पो सुरु भएको हो ।

एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका उपभोग्य बस्तुहरुको १६० वटा स्टलहरु राखिएको छ । एक्स्पोमा कृषि सामग्री, घर जग्गा, निर्माण लगायतका उपभोग्य सामग्रीहरु प्रदर्शनीमा राखिएको छ ।

बिहीबार नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उक्त एक्स्पोको औपचारिक उद्घाटन गरेका हुन् । सोही अवसरमा मन्त्री अर्यालले आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताए । अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको मन्त्री अर्यालको भाई थियो । उनले एक्स्पोले स्वदेशी उत्पादन प्रर्वद्धन गरि अर्थतन्त्र गतिशिल बनाउन टेवा पुग्ने बताए ।

एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिएको छ । घर–जग्गा, खाद्य एवं पेय पदार्थ, मोबाइल, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण, जडी बुटी, छाला तथा जुत्ता, तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहेका छन ।

एक्स्पोले नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएको र यसले व्यवसायिक क्षेत्रहरुलाई एकीकृत गर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । एक्स्पोमा एउटै छानामुनी राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरु रहेकोले पनि सुस्ताएको अर्थतन्त्रलाई नै व्यवसायिक गतिशिलता प्रदान गर्ने उनको भनाई छ । एक्स्पोको मुख्य उद्देश्य नै मुलुकको आर्थिक सुस्ततालाई गतिशिल बनाउने अध्यक्ष मल्लले बताए ।

आगामी सोमबारसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, दक्षिणकोरिया, बंगलादेश पाकिस्तान लगायतका व्यापारीले सहभागिता जनाएका छन ।

नेपाल चेम्बर एक्स्पो २०२४ मा सिल्भर स्पोन्सरका रुपमा एनसेल रहेको छ भने अफिसियल इन्स्योरेन्स पार्टनरका रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ ।

यसैगरी अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिङ्क तथा लोयल्टी पार्टनरका रुपमा अर्न सिक्का रहेका छन् । प्रदर्शनीमा अग्नी सुरक्षा उपकरणको सहयोग हिटको प्रालिले गर्ने भएको छ। एक्स्पोको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालीले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्