हिमालयन पावरको करिब २ करोड नोक्सानीमा, तीन महिनामा बेच्यो १ करोड ३४ लाखको विजुली « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

हिमालयन पावरको करिब २ करोड नोक्सानीमा, तीन महिनामा बेच्यो १ करोड ३४ लाखको विजुली



काठमाडौं । हिमालयन पावर पार्टनर करिब २ करोड नोक्सानीमा देखिएको छ । कम्पनीले मंगलबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको पहिलो त्रैमासमा कम्पनी १ करोड ९० लाख ११ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । उक्त अवधिमा कम्पनीले विद्युत बिक्रीबाट भने १ करोड ३४ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी गत असोज १४ गतेदेखि ३१ गतेसम्म रहेको र उक्त अवधिमा नेपाल विद्युत प्राधिकरणको निर्देशनमा कुल क्षमताको २३।२१ प्रतिशत मात्र उत्पादनमा सिमित हुन परेको कम्पनीले जनाएको छ ।

चालु आवको असोज मसान्तसम्ममा कम्पनीको संचालन नाफा पनि १ करोड २४ लाख ८८ हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ । तर, कम्पनीको जगेडा तथा कोषमा भने ऋणात्मक देखिएको छ । सो अवधिमा कम्पनीको जगेडा कोष १ करोड ९० लाख ११ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक रहेको छ । कम्पनीको इपिएस १ रुपैयाँ ७८ पैसा ऋणात्मक रहेको छ । सो अवधिमा प्रतिसेयर नेटवर्थ भने ९८ रुपैयाँ २२ पैसा रहेको छ । कम्पनीले गत असोज १४ गतेदेखि जल विद्युत आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पदान सुरु गरेको छ । जसका कारण कम्पनीले आम्दानी आर्जन गर्न थालेको हो ।

कम्पनीको चालु सम्पत्ति ०।३९ प्रतिशत र चालु दायित्व १।७९ प्रतिशतले बढेको छ । हाल कम्पनीले लमजुङको दोर्दी खोला २७ मेगावाटको आयोजना सम्पन्न गरेको छ । अब अन्य आयोजनाहरुमा पनि लगानी गर्ने योजना रहेको कम्पनीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्