आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत मात्र हकप्रद सेयर निष्कासन गर्ने « Arthapath.com
१७ जेष्ठ २०८०, बुधबार

आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत मात्र हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । २०० प्रतिशत हकप्रद निष्कासन गर्ने भनेको आँखुखोला जलविद्युत कम्पनीले प्रस्तावमा संशोधन गरेको छ ।

कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको बैठकले १५० प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने भएको हो । विद्युत नियमन आयोगले १५० प्रतिशत मात्र हकप्रद निष्कासन गर्ने निर्देशन दिए बमोजिम कम्पनीले उक्त प्रतिशत घटाएको हो ।

हाल यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्