९.७ मेगावाटको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सकियो, राष्ट्रिय प्रसारण लाईनमा जोडियो « Arthapath.com
१३ चैत्र २०८०, मंगलवार

९.७ मेगावाटको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सकियो, राष्ट्रिय प्रसारण लाईनमा जोडियो



काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । उक्त आयोजना गत शनिबार राष्ट्रिय प्रसारण लाईनमा जोड्न सफल भएको हो ।

पाचँथर तथा ताप्लेजुुङ् जिल्लाको सिमाना भई बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभि ट्रान्समिसनलाईनको माध्यमबाट कम्पनीको पावरहाउस आँपडाडावाट हिलिहाङ गाँउपालिका वडा नं १ मा रहेको नेपाल विद्युत प्राधिकरण को अमरपुर सवस्टेशनमा जडान गरिएको छ ।

२०७८ साउन २३ गतेबाट कम्पनीले उक्त आयोजना निमार्ण कार्य थालनी गरेको थियो । उक्त आयोजना यही चैतमा निमार्ण कार्य पुुरा गरेको छ ।

आयोजना निर्माण लागत १९४ करोड रुपैयाँ लागत लागेको छ । जसमध्ये संथापक तथा सर्वसाधारणको सेयर लगानी वाट ३० प्रतिशत लगानी र बाँकी ७० प्रतिशत नविल बैकको एकल लगानीबाट सम्पन्न गरिएको हो । यो आयोजना याँङवारक गाँउपालिका वडा नं २ मा वाँधस्थल र वडा नं ३ मा पावरहाउस रहेको छ । यस आयोजनाको नेट हेड १८९ मिटर रहेको छ र यसमा ४.५ किलोमिटर लामो फलामको पेनस्टक पाइपको माध्यमबाट पावरहाउसमा पानि खसाली विद्युत उत्पादन गरिएको छ ।

आयोजनाको सिभिल निर्माणको कार्य मध्ये पावरहाउसको काम लटिनाथ कन्सट्रसन कम्पनी (प्रा) लिमिटेड र इन्टेक तथा पाईप एलाईनमेण्ट मकालु डेभलपर्स लिमिटेडले गरेको हो ।

आयोजनाको हाइड्रोमेकानिकलको काम अपि हाईड्रोमेकानिकल लिमिटेडले गरेको छ । आयोजनामा जडित इलेक्ट्रोमेकानिकल तर्फका मेसिन तथा उपकरणहरु यूरोपियन प्रविधिको छनौट गरी जेपट हाईड्रो अस्ट्रियाबाट खरिद गरिएको कम्पनीका कार्यकारी संचालक सतिस न्यौपानेले जानकारी दिए ।

जेपट हाईड्रो अस्ट्रियावाट आयात गरिएको टर्वाइन र गामेशा स्पेनवाट आयात गरिएको जेनेरेटर राखिएको छ । कन्ट्रोल रुममा राखिएका प्यानलवोर्डहरु क्रोएसीयाको प्रो–इन्ट्रीगिस कम्पनीवाट आयात गरिएको न्यौपानेले बताए ।


प्रतिक्रिया दिनुहोस्