कसरी बढ्यो घलेम्दी हाइड्रो नोक्सानी ? « Arthapath.com
२३ बैशाख २०८१, आईतवार

कसरी बढ्यो घलेम्दी हाइड्रो नोक्सानी ?



काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको नोक्सानी थप बढेको छ । ९ महिनामा कम्पनीको नोक्सानी आधा करोड बढी थपिएको छ ।

कम्पनीले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले २ करोड १८ लाख ९७ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा पनि कम्पनी १ करोड ५५ लाख २० हजार रुपैयाँ घाटामा थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा आएको गिरावटले नै नोक्सानी बढाएको हो । समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १८.२० प्रतिशत घटेर १ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । तर, गत आवको सोही अवधिमा पनि भने कम्पनीले २ करोड २४ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ छ । तर, कम्पनीको जगेडा तथा कोष भने २० करोड ४४ लाख २३ हजार रुपैयाँ ऋणात्मक छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ३३ पैसा ऋणात्मक छ । यता, प्रतिसेयर ९८ रुपैयाँ ६१ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्