चिरख्वा हाइड्रोपावरले बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा चैत २० गते बस्ने भएको छ ।
सभामा आर्थिक वर्ष २०७०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने ५ जना सञ्चालको निर्वाचन हुनेछ । सभा प्रयोजनका लागि यसले चैत १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।
सभा कुन्डलिनी रोयल्स, जोरपाटी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।













