गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गयो
काठमाडौं । सिन्धुलीमा आज बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भने दुर्घटनामा परी १ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताएका छन । मुखियाको उपचारका क्रममा ज्यान गएको हो ।
सिन्धुली हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज १ च १३५४ नम्बरंको बोलेरो आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।
बोलेरो चालक धनुषाका गोविन्दपुर–६ का अन्दाजी २२ वर्षीय सिजल यादव गम्भीर घाइते भएका छन ।













