१० श्रावण २०८३, आइतबार

डिजी पे ले बजार विस्तारका लागि स्टार हस्पिटलसँग गर्यो सम्झौता



काठमाण्डौ । डिजी पे प्रा.लि ले आफ्नो बजार र सेवा विस्तार गर्नको लागि ललितपुरस्थित स्टार हस्पिटलसँग व्यावसायिक सम्झौता गरेको छ ।

सम्झौताअनुसार डिजी पेले ल्याएको व्यावसायिक तथा घर दैलो योजनामा डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यवसायी तथा घरदैलोका ग्राहकहरुले स्टार हस्पिटलको सौजन्य ८ सय २५ रुपैयाँको दुईवटा १ हजार ६५० रुपैयाँ बराबर ओपीडी टिकट निःशुल्क पाउनेछन्।

साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउनेछन्। यो सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने हस्पिटलका अध्यक्ष किशोर महर्जन बताए ।

उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए। त्यस्तै डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले स्टार हस्पिटलजस्तो एक प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरी आफ्ना व्यवसायी र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए।

उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यसअन्तर्गत स्वाथ्य क्षेत्रलाई आबद्ध गर्ने पहिलो खुट्किलो र उपलब्धि हो।

यसैगरी अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरी आफूसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधा दिने योजना रहेको बताए।

सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन्।


प्रतिक्रिया दिनुहोस्