७ श्रावण २०८३, बिहिबार

मन्दाकिनी हाइड्रोपावरको नयाँ संचालक समिति गठन



काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले नयाँ संचालक समिति चयन गरेको छ ।

कम्पनीको पुष ३० गतेसम्पन्न ९औं वार्षिक साधारण सभाले संस्थापक समूह क बाट शारद कुमार दहाल, विष्णु बहादुर तामाङ, हरि प्रसाद भट्ट र महेश्वर दवाठीलाई नियुक्त गरेको हो । साथै, साधारण समूह ख बाट सुशिल अधिकारी, डा रमा मोहन पोखरेल निर्विरोध निर्वाचित गरेको हो र स्वतन्त्र संचालक प्राप्ती रायमाझीलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्