रु रु जलविद्युत परियोजनाले बेच्यो साव ९ करोडको बिजुली, नाफा कति ? (विवरणसहित)
काठमाडौं । रु रु जलविद्युत परियोजनाले ६ महिनामा सवा ९ करोड रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ ।
परियोजनाले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्ममा ९ करोड १५ लाख ५० हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । परियोजनाले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।
तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ८.१३ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा परियोजनाले विद्युत बिक्रीबाट ९ करोड ९६ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
चालु आवको ६ महिनामा कम्पनीको खुद नाफा भने ९.३० प्रतिशतले घटेर ५ करोड ९६ लाख ८ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्म कम्पनीले ६ करोड ५७ लाख २५ हजार रुपैयाँ नाफा गरेको थियो ।
तर, चालु आवको तीन महिनामा भने कम्पनीले नाफा वृद्धि भएको छ । गत असोज महिनाको तुलनामा कम्पनीको नाफा ७४.४० प्रतिशतले वृद्धि भएको हो । असोज महिनामा कम्पनीले ३ करोड ३९ लाख ८४ हजार रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी ४९करोड ३३ लाख २३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १५ करोड ४ लाख १६ हजार रुपैयाँ राखेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४९ पैसा रहेको छ ।













