७ श्रावण २०८३, बिहिबार

सानिमा माइ हाइड्रोपावरले बेच्यो साढे ५० करोडको विद्युत, कमायो करिब ३३ करोड नाफा



काठमाडौं । सानिमा माइ हाइड्रोपावरले करिब ३३ करोड बढी नाफा गरेको छ । कम्पनीले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।

चालु आवको ६ महिनामा कम्पनीले ३२ करोड ९२ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ११.३६ प्रतिशतले कमी हो । गत वर्षको पुस मसान्तसम्ममा ३७ करोड १४ लाख ५३ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको ६ महिनामा कम्पनीले ५० करोड ४९ लाख ३० हजार रुपैयाँ बराबरको विद्युत विक्री गरेको छ । कम्पनीको विद्युत विक्रीबाट हुने आम्दानी गत वर्षको सोही अवधिको तुलनामा भने १२.४२ प्रतिशतले कमी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५७ करोड ६५ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

सो अवधिमा कम्पनीको वित्तीय आम्दानी २ करोड २८ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिनटेन अर्निङ्ग १ अर्ब ८ करोड ८४ लाख, अन्य रिजर्भमा १ अर्ब ११ करोड ६ लाख रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ३६ पैसाले घटेर १० रुपैयाँ ६६ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ १९ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्