७ श्रावण २०८३, बिहिबार

जलविद्युत कम्पनीको जगेडा कोषः बुटवल पावरको सबैभन्दा ठुलो, २३ वटाको ऋणात्मक, कुन कति बलियो ?



काठमाडौं । जलविद्युत कम्पनीको जगेडा कोष साढे ८ अर्ब रुपैयाँ कायम भएको छ । संचालनमा रहेकामध्ये ५४ वटा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।

सो अवधिमा कम्पनीहरुको जगेडा तथा कोषमा ८ अर्ब ५६ करोड ८१ लाख १५ हजार रुपैयाँ कायम भएको छ । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ६.७४ प्रतिशत अर्थात ६१ करोठ ९७ लाख ३८ हजार रुपैयाँले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुको जगेडा कोषमा ९ अर्ब १८ करोड ७८ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनामा दुई दर्जन कम्पनीहरुको जगेडा कोष बढेको छ भने ६ वटाको घटेको देखिएको छ । तर, सो अवधिमा २३ वटा जलविद्युत कम्पनीको जगेडा कोष भने ऋणात्मक देखिएको छ ।

बुटवल पावरको जगेडा कोष सबैभन्दा धेरै, दोस्रो बन्यो चिलिमे

चालु आवको ६ महिनामा बुटवल पावरको जगेडा कोष सबैभन्दा धेरै देखिएको छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ रहेको छ । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने २.२६ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

दोस्रो स्थानमा रहेको चिलिमे हाइड्रोपावरको जगेडा कोषमा पनि ३ अर्ब ४० लाख रुपैयाँ रहेको छ । यद्यपि, यो गत वर्षको दोस्रो त्रैमासको तुलनामा भने ८.३८ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले जगेडा तथा कोषमा ३ अर्ब २७ करोड ९१ लाख रुपैयाँ राखेको थियो ।

माउनटेन हाइड्रो नेपालसहित पाँच कम्पनीको जगेडा कोष उल्लेख्य वृद्धि

चालु आवको दोस्रो त्रैमासमा पाँच वटा हाइड्रोपावर कम्पनीको जगेडा कोष उल्लेख्य वृद्धि भएको छ । सो अवधिमा सबैभन्दा धेरै जगेडा कोष बढाउनेमा माउनटेन हाइड्रो नेपाल देखिएको छ ।

गत वर्षको पुस मसान्तसम्ममा ३२ लाख रुपैयाँ मात्र रहेको कम्पनीको जगेडा कोष यस वर्षको सोही अवधिमा बढेर १२ करोड २६ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, सानिमा माईको जगेडा कोष १९३.५० प्रतिशत, राधी विद्युतको १८४.०९ प्रतिशत, ङा्दी ग्रपको १५६.९६ प्रतिशतले बढेको छ । यी कम्पनीहरुको जगेडा कोषमा क्रमशः २ अर्ब १९ करोड ९१ लाख, २९ करोड २६ लाख, ११ करोड ४९ लाख रुपैयाँ कायम भएको छ । त्यसैगरि सो अवधिमा मैलुङखोला हाइड्रोपावरको जगेडा कोष पनि ९०.५६ प्रतिशतले बढेर २ करोड ३० लाख रुपैयाँ कायम भएको छ ।

२३ कम्पनीको जगेडा कोष ऋणात्मक, अपर तामाकोशीको सबैभन्दा धेरै

चालु आवको ६ महिनामा दुई दर्जन जलविद्युत कम्पनीको जगेडा कोष ऋणात्मक देखिएको छ । सो अवधिमा सबैभन्दा धेरै ऋणात्मक अपर तामाकोशीको देखिएको छ । चालु आवको पुस मसान्तसम्ममा कम्पनीको जगेडा कोष ३ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ ऋणात्मक छ ।

यस्तै, सो अवधिमा हिमालयन हाइड्रोपावरको जगेडा कोष ४२ करोड ८६ लाख, मध्य भोटेकोशी ३७ करोड ३१ लाख, रसुवागढी ३१ करोड ४३ लाख, न्यादी २५ करोड ३७ लाख, दिव्यश्वरी २३ करोड ५ लाख, सान्जेन जलविद्युत२२ करोड ८२ लाख, आँखुखोलाको २१ करोड २० लाख रुपैयाँ ऋणात्मक देखिएका छन् ।

त्यसैगरि तेह्रथुम पावरको जगेडा कोष ९ करोड ७५ लाख, घलेम्दी हाइड्रो ९ करोड ५६ लाख, बाराही ९ करोड १० लाख, हिमालय उर्जा विकास ७ करोड र रिभर फल्स ५ करोड ७४ करोड रुपैयाँ ऋणात्मक छ ।

सो अवधिमा सयपत्री हाइड्रोपावर, सिंगटी, युनियन, खानीखोला, पिपुल्स पावर र छ्याङ्दी हाइड्रोपावरको जगेडा कोष पनि ऋणात्मक छ ।

कुनको जगेडा कोषको अवस्था कस्तो ?


प्रतिक्रिया दिनुहोस्