नेपाल र मौरिससबीचको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले नेपाल र मौरिससबीच सम्पन्न दोहोरो कर मुक्ति तथा वित्तिय छल विरोध सम्बन्धी सम्झौता अन्त्य गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई देशबीच सम्पन्न दोहोरो कर मुक्ति तथा वित्तिय छल विरोध सम्बन्धी सम्झौता अन्त्य गरेको हो ।
ङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएका हुन् ।













