आज कति छ सुनचाँदीको भाउ ? « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं । सोमबार सुनको भाउ स्थिर रहेको छ । साताको दोस्रो कारोबार दिन छापावाला सुनको मूल्यमा कुनै थपघट भएको छैन ।

अघिल्लो दिन १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, सो दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।


प्रतिक्रिया दिनुहोस्