आज कति छ सुनचाँदीको मूल्य ? « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

आज कति छ सुनचाँदीको मूल्य ?



काठमाडौं । बुधवार सुनको भाउ स्थिर रहेको छ। साताको चौंथो कारोबार दिन छापावाला सुनको भाउ १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन अर्थात मंगलबार पनि नेपाली बजारमा सोही मूल्यमा खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, सो दिन चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ । मंगलबार भने १ हजार २९० रुपैयाँ कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्