फेरि घटयो सुनचाँदीको मूल्य, प्रतितोला कति सस्तियो ? « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

फेरि घटयो सुनचाँदीको मूल्य, प्रतितोला कति सस्तियो ?



काठमाडौं । बिहीवार पनि सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

बुधवार १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख १ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्