मलमा दिईने अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलन कार्यक्रम घोषणा

काठमाडौं । नेपाल सरकारद्धारा रासायनिक मलमा दिदै आएको अनुदान कटौती गर्ने निर्णयप्रति अखिल नेपाल किसान महासंघको गम्भिर ध्यान आकर्षण गरेका छन् ।
किसानले १४ रुपैंयामा खरिद गर्दै आएको युरियाको मुल्य २५ पूगेको छ । त्यसैरी ४३ रुपैयाको डिएपी ५० र ३१ रुपैंयाको पोटास ४० भएको छ । यस निर्णयले कृषिमा उत्पादन लागत बढ्न गई कृषि उपजहरुको मुल्यमा भारी मात्रामा बृद्धि हुने हुँदा आम उपभोक्ता खाद्य अधिकार तथा सुरक्षाबाट बञ्चित हुने अवस्था रहेको छ ।
सरकारको यस निर्णयले देशका ६० प्रतिशत किसान, समग्र कृषि क्षेत्र र आम उपभोक्ताहरुमा प्रत्यक्ष असर पार्ने छ । किसानलाई प्रोत्साहन र संरक्षण गर्ने कार्यक्रम ल्याउनुको सट्टा उनीहरुलाई नै मार पर्ने गरी गर्ने यसप्रकारका निर्णयप्रति अखिल नेपाल किसान महासंघ खेद प्रकट गर्दछ ।
सरकारको तर्फबाट किसान र कृषि क्षेत्रका लागि दिर्दै आएको एकमात्र अनुदान कटौटी गर्ने अत्यन्त अशंवेदनशील र गैरजिम्मेबार निर्णय अबिलम्ब फिर्ता लिन माग गर्दछ । उक्त माग यथासिघ्र संबोधन नगरिएमा देशभरका किसान सडकमा उत्रिन बाध्य हुनेछन् जसको जिम्मेबार सरकार हुनेछ । साथ,ै सम्पूर्ण किसानहरुलाई आन्दोलनका लागि तयारी रहन आव्हा्रन गर्दछ ।