सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो , चाँदीको कति ?

काठमाडौं । बुधबार स्थिर रहेको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेको छ । बिहीवार नेपाली बजारमा प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
साताको चौंथो कारोबार दिन अर्थात बुधबार भने १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यावसाय महासंघका अनुसार आज तेजावी सनको मूल्य १ लाख ६ हजार १२ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन १ लाख ५ हजार २ सय रुपैयाँमा बिक्री भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतिततोला ५ रुपैयाँले बढेको छ । आज १ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।