सुनको मूल्य प्रतितोला २ हजारले घट्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । साताको चौँथो कारोबारको दिन सुनको मूल्य प्रतितोला २ हजारले रुपैयाँले घटेको छ ।
बुधबार छापावला सुनको मूल्य १ लाख ७ हजार ८ सय रुपैयाँ कायम रहेको छ । मंगलबार छापावला सुनको मूल्य १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजावी सुनको मूल्य १ लाख ७ हजार ३ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन १ लाख ९ हजार ३ सय रुपैयाँ कायम रहेको थियो ।
साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १ हजार ३ सय ४५ रुपैयाँ कायम रहेको महासंघले जानाकारी दिएको छ ।